काठमाडौं– सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा चौथो वरीयताका डा मनोजकुमार शर्मा सिफारिश भएका छन् । बिहीवार बसेको संवैधानिक परिषद् बैठकले शर्मालाई प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले जानकारी दिए ।

दाहालका अनुसार उनी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उक्त निर्णयमा लिखित असहमति जनाएका थिए । निर्णयमा परिषद्का बाँकी सदस्यको सहमति रहेको दाहालले बताए ।

संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रतिपक्षी दलका नेता र कानूनमन्त्री रहने व्यवस्था छ ।

संवैधानिक परिषद्ले कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान, कुमार रेग्मी र हरिप्रसाद फुयाललाई छाडेर चौथो वरीयताका शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको हो ।

शर्मा संसदीय सुनुवाइबाट अनुमोदन भएपछि प्रधान न्यायाधीश नियुक्त हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय