काडमाडौं– यती एअरलाइन्स लिमिटेडले सर्वसाधारणमाझ सेयरको प्राथमिक सार्वजनिक निष्कासन गर्न एनआइएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

आन्तरिक हवाई सेवा प्रदान गदै आएको यती एयरलाइन्स लिमिटेड नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकमध्ये एक हो । कम्पनीले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सञ्चालन तथा गुणस्तरीय सेवामा विशेष जोड दिँदै देशका प्रमुख सहरी तथा दुर्गम गन्तव्यहरुमा नियमित उडान सञ्चालन गर्दै आएको छ ।

साथै, नेपालको हवाई पहुँच विस्तार तथा क्षेत्रीय कनेक्टिभिटी सुदृढ गर्न कम्पनीले महत्त्वपूर्ण योगदान पुुर्याएको कम्पनीको विज्ञप्तिमा उललेख छ । धितोपत्र निष्कासनसम्बन्धी उक्त सम्झौतापत्रमा यती एअरलाइन्स लिमिटेडका प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय