काठमाडौं– टाउकाको सुनौलो लामो रौं र श्वेत वर्णका कारण बंगलादेशमा डोनाल्ड ट्रम्प उपनाम पाएको राँगोलाई केही दिनभित्रै मारिने भएको छ । ६८० किलो (१,५०० पाउन्ड)को राँगो बंगलादेशमा अचेल चर्चित स्टार जस्तै बनेको छ, जसलाई हेर्न दर्शकको ताँती लाग्ने गरेको छ । उसको टाउकामा काँइयोले कोरेको जस्तै सुनौलो रौं छ ।
उक्त राँगोका मालिक ३८ वर्षीय जिया उद्दिन मृधाले उनका भाइले असाधारण कपालका कारण राँगोलाई डोनाल्ड ट्रम्प नाम दिएको बताए ।

यो राँगो हेर्न मे महिनाभरि राजधानी ढाका नजिकै नारायणगन्जमा रहेको उनको फार्ममा मानिसको ओइरो लागिरहेका छन् । पाँचजना साथी र आफन्तसहित आएका एकजना फ्यान भन्छन्– साँच्चिकै यो राँगो र राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषता उस्तै छन् । मेरो भतिजोले डोनाल्ड ट्रम्प भेट्न एक घन्टाको डुंगा यात्रा गर्यो ।
तर बंगलादेशले मुस्लिमहरुको पर्व इद अल अजहाको तयारी गरिरहँदा यो राँगोलाई मे महिनाको अन्त्यतिर अरु १ करोड २० लाख पशुसँगै बली दिइँदै छ ।
‘म डोनाल्ड ट्रम्पलाई मिस गर्न गइरहेको छु । तर बली चढाउनु इद अल अजहाको मूल मर्म हो,’ चार वर्षदेखि उक्त राँगो पाल्दै आएका मृधाले भने ।
(बेलायती अखबार द टेलिग्राफको अनलाइन संस्करणबाट अनुवाद)









