काठमाडौं– जीवन बिमा शुल्कमार्फत १ खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ संकलन भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१–८२ अनुसार निर्जीवन बिमा शुल्क ३२ अर्ब ५३ करोड बराबर संकलन भएको छ । कुल बिमा शुल्क २०८१ फागुनसम्मको तुलनामा चालु आवको फागुन मसान्तसम्म १६ दशमलव १ प्रतिशतले वृद्धि भई १ खर्ब ६० अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

गत फागुन मसान्तसम्म सक्रिय बिमालेखमध्ये जीवन बिमातर्फको संख्या १ करोड ६२ लाख ५९ हजार ८३२ र निर्जीवन बिमातर्फको संख्या २१ लाख ६८ हजार ४५ बराबर रहेको छ । चालु आवको फागुनसम्म जीवन बिमातर्फ १ लाख २५ हजार ८३० बिमा दाबीअन्तर्गत २६ अर्ब ८४ करोड बराबरको रकम दाबी भुक्तानी गरिएको सर्वेक्षणमा उल्लेख छ ।

निर्जीवन बिमातर्फ ९४ हजार २१५ बिमा दाबीअन्तर्गत १७ अर्ब ३१ करोड बराबरको रकम भुक्तानी गरिएको छ । बिमा क्षेत्रमा जीवन र लघु जीवन बिमातर्फ गरी १२ हजार ४३० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । सर्वेक्षण अनुसार २०८१ फागुनसम्म करिब चार लाख १२ हजार ४५२ अभिकर्ता अप्रत्यक्ष रोजगारीमा छन् ।

निर्जीवन बिमा व्यवसायको क्षति मूल्यांकन गर्ने १ हजार २२४ सर्भेयर र १६ पुनः बिमा अभिकर्ताले रोजगारी पाएका छन् ।

सञ्चय कोषको सम्पत्ति ६ खर्ब ४२ अर्ब ३५ करोड
यसैगरी, गत पुससम्म कर्मचारी सञ्चय कोषको सम्पत्ति तथा दायित्व ६ खर्ब ४२ अर्ब ३५ करोड बराबर पुगेको छ । सो अवधिमा सञ्चयकर्ताको सञ्चित रकम ५ खर्ब ७८ अर्ब ६ करोड बराबर छ ।

कोषले विभिन्न क्षेत्रमा गरी २ खर्ब २९ अर्ब ४९ करोड बराबरको रकम लगानी गरेको छ । यस्तै ३ खर्ब ८१ अर्ब ६१ करोड रुपैयाँको कर्जा तथा सापटी प्रदान गरेको छ ।

सर्वेक्षणअनुसार गत पुस मसान्तसम्म नागरिक लगानी कोषको सम्पत्ति तथा दायित्व रु तीन खर्ब १९ अर्ब ५० करोड बराबर पुगेको छ । सो अवधिमा बचतकर्ताको सञ्चित रकम २ खर्ब ८२ अर्ब ३७ करोड बराबर छ । कोषले विभिन्न क्षेत्रमा १ खर्ब ९२ अर्ब ९४ करोड लगानी गरेको छ । ९१ अर्ब ५६ करोड बराबरको रकम कर्जा तथा सापटी प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय