काठमाडौं– सरकारले मुलुकलाई ‘आरोग्य पर्यटन’ गन्तव्यका रुपमा अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने भएको छ ।

संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८३–८४ को बजेट पेस गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको बताएका हुन् ।

उनले पर्यटन प्रवर्द्धनका लागि विलासी रिसोर्ट र होटल निर्माणका लागि आर्थिक प्रोत्साहन दिइने बतातए। नेपाललाई युरोपेली युनियनको हवाई सुरक्षा सूचीबाट हटाउन आगामी पुसभित्र नागरिक उड्ड्यन प्राधिकरणलाई पुनःसंरचना गरी नियामक र सञ्चालक निकाय छुट्टाछुट्टै बनाइने उल्लेख गरे ।

लुम्बिनी–मुक्तिनाथ धार्मिक मार्ग, शालिग्राम पथ र ध्यान/योग केन्द्रको विकास गरिने उहाँको भनाइ छ । उहाँले योग, ध्यान, साधनाका साथै बौद्ध र वैदिक दर्शनलाई एकीकृत गर्ने लक्ष्य सरकारले राखेको उल्लेख गरे । उक्त योजनाले मनाङ, मुस्ताङ र म्याग्दीलगायत हिमाली सांस्कृतिक अनुभवलाई विश्वस्तरमा चिनाउने प्रयास गरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय