काठमाडौं– भदौ १० मा भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आइतवारसम्म मौज्दात रकम १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ रुपैयाँ पुगेको हो ।
विभिन्न नौ ओटा वाणिज्य बैंकमा १२ अर्ब ९५ करोड १६ लाख ३१ हजार २०१ रुपैयाँ र हिमालयन र लक्ष्मी सन्राइज बैंकमा रहेका डलर खातामा २ करोड ९७ लाख २९ हजार ९७२ अमेरिकी डलर मौज्दात छ ।
सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि १ अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।









