काठमाडौं– सरकारले आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत कर्मचारीको तलब बढाएको छ । बढेको तलब आगामी साउन १ गतेदेखि लागू हुने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताए ।
उनका अनुसार अब सबैभन्दा कम तलब पाउने कर्मचारीले मासिक रुपमा ४० हजार रुपैयाँभन्दा बढी बुझ्नेछ । सबैभन्दा बढी तलब खाने कर्मचारीले मासिक १ लाख रुपैयाँभन्दा बढी भुक्तानी पाउने उनले स्पष्ट पारे ।
वाग्लेका अनुसार हाल खाइपाई आएको महँगी भत्तालाई कायम राख्दै कर्मचारीको तलब स्केल १० प्रतिशतले बढाइएको छ । त्यसैगरी १० प्रतिशत थप प्रोत्साहन भत्ता पनि पाउने भएका छन् ।









