काठमाडौं– धितोपत्र बजारको कारोबार मापक नेप्से परिसूचक ११ दशमलव ३७ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ३७ अंकले घटेर २ हजार ७५५ दशमलव ४१ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ७७ अंकले ओरालो लागेर ४७१ दशमलव ९९ मा सीमित भएको छ । ३५१ कम्पनीको १ करोड २७ लाख ३२ हजार ८६८ कित्ता धितोपत्र ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार ८२३ रुपैयाँमा किनबेच भएका छन् ।

कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । यस्तै, सिटी होटल लिमिटेड, एनबिबिएल डिबेन्चर, सेन्ट्रल फाइनान्स र रिडी पावर कम्पनी शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

कालिञ्चोक हाइड्रोपावर, उपकार लघुवित्त, लक्ष्मी बैंकको डिबेन्र, बेस्ट फाइनान्स कम्पनी र सिटी होटलका लगानीकर्ताले आज कमाएका छन् ।

यस्तै, एबिएल डिबेन्चर, होटल फरेस्ट इन, माबिलुङ इनर्जी, रिजलाइन इनर्जी र सूर्यकुण्ड हाइड्रोका लगानीकतर्ताले भने गमुाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय