हेटौंंडा– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

बागमती प्रदेश सभाको आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले उक्त बजेट सार्वजनिक गरे ।

‘समृद्ध बागमतीको अभियान, सुशासन, प्रविधि र उत्पादन’को नीति कार्यान्वयन गर्दै उद्यमशीलतामार्फत स्वरोजगारी र रोजगारीको विकास गर्ने मन्त्री तामाङले बताए ।

चालूतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार र पूँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख तीन हजार रुपयाँ विनियोजन गरिएको जानकारी मन्त्री तामाङले दिए ।

सरकारले खर्च ब्यहोर्ने स्रोतहरूको अनुमान गर्दै कर राजस्व ३० अर्ब १५ करोड ६ लाख ६८ हजार, अन्य राजस्वतर्फ ७ अर्ब ७३ करोड ९९ लाख १२ हजार तथा संघीय वित्तीय हस्तान्तरण १५ अर्ब ३१ करोड ४८ लाख रुपैयाँ हुने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय