काठमाडौं– चर्चित व्यापारिक घराना राजेश हार्डवेयरले बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगेको पाइएको छ ।

नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले शुक्रबार र शनिबार उपभोक्ताले दिएको उजुरीका आधारमा गरेको बजार अनुगमनमा बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी गरेको पाइएको हो ।

राजेश हार्डवेयर प्रालिको बालाजु शाखाले उपभोक्तालाई बिलमा उल्लेख भएभन्दा कम परिमाणमा सामा दिएको पुष्टि भएको हो छ । उक्त कम्पनीले गोरखकाली सोलार एन्ड मेटल वर्कसपलाई बिलभन्दा कम सामान दिएर ठगी गरेको पाइएको हो ।

नापतौल कार्यालयका प्रमुख एवं वरिष्ठ निरीक्षक मनिषकुमार दासले फलामे एंगल, स्टिल रङ, पाता, एसएस पाइप लगायतमा धेरै परिणामको बिल बनाई कम सामान उपभोक्तालाई दिएको भन्दै उनीहरुलाई कारवाहीको दायरामा ल्याइएको जानकारी दिए ।

गोरखकाली सोलार एन्ड मेटल वर्कसपको नाममा जारी गरिएको बिलमा १८८.१ किलोग्राम फलामे एंगलमा १४.३ किलोग्राम, ३१८.४ किलोग्राम एसएस रडमा २८.८ किलोग्राम, २०१.१ किलोग्राम फ्ल्याटमा १०.६ किलोग्रामसम्म कमी रहेको कार्यालय प्रमुख दासले बताए ।

नापतौल कार्यालयले राजेश हार्डवेयर बालाजु कार्यालयको सटरसमेत शिलबन्दी गरेको छ । सो हार्डवेयरले विभिन्न कम्पनीका रङ, स्टिल लगायतका सामग्री बिक्रीवितरण गर्दै आएको थियो ।

सावरमल अग्रवालले सुरु गरेको राजेश हार्डवेयर उनको मृत्युपछि छोरा, भतिजाहरुले चलाइरहेका छन् । अहिले राजेश हार्डवेयर गोपाल अग्रवाल, सञ्जय अग्रवाल, सुशील शर्मा र सुभाष अग्रवाल लगायतले हेर्छन् ।

काठमाडौंको टेकुस्थित बाग्मती चेम्बरमा मुख्य कार्यालय रहेको राजेश हार्डवेयरले उपत्यका लगायत देशका प्रमुख सहरहरुमा शाखा विस्तार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय