काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ४ हजार ७०० र चाँदी १४५ रुपैयाँले महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवारका लागि छापावाल सुनको मूल्य २ लाख ८३ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ३२५ रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार १ तोला सुन २ लाख ७९ हजार १०० र चाँदी ४ हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औंस सुन ४ हजार ८ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर