काठमाडौं– धितोपत्र बजारको कारोबार मापक नेप्से परिसूचक सोमबार दोहोरो अंकले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.५४ अंकले ओरालो लागेर २६३२.९६ मा आएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८४ अंकले ओरालो लागेर ४५५.८३ मा सीमित भएको छ ।
कुल ३५१ कम्पनीको ७६ लाख ९९ हजार २२७ कित्ता धितोपत्र २ अर्ब ६७ करोड १८ लाख ३२ हजार ९६५ रुपैयाँमा कारोबार भएको छ । आजको कारोबारपछि बजार पुँजीकरण ४५ खर्ब ९ अर्ब ५७ करोड ११ लाख ९५ हजार ९२४ रुपैयाँ कायम भएको छ ।
आज कारोबारका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रह्यो । यस्तै सोपान फर्मास्युटिकल्स, एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स र आँखु खोला जलविद्युत् कम्पनी शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, स्नो रिभर लिमिटेड, धौवागिरी लघुवित्त र नेपाल एसबिआई बैंकको ऋणपत्रका लगानीकर्ताले कमाएका छन् ।
यस्तै स्वाभिमान लघुवित्त, सोपान फर्मास्युटिकल्स, एसियन हाइड्रोपावर, शिखर पावर डेभलपमेन्ट र कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन् ।









