गुल्मी– धुर्कोट गाउँपालिका–५ मन्टारीमा जंगली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धुर्कोट–५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए ।

गए राति करिब १ः३० बजेको समयमा घाइते भएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकामा राति नै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक बोगटीका अनुसार मृतक भण्डारीका श्रीमान् भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा जंगली जनावर बँदेल नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छाडेका थिए । मृतकका श्रीमान भेषराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनाका बारेमा थप अनुसन्धानका लागि प्रहरी टोली आज बिहानै घटनास्थल पुगेर अनुसन्धान सुरू गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय