काठमाडौं– बिहीवार त्रिपुरेश्वरको राहदानी विभागअगाडि सडकमा आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारको क्रममा निधन भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको थियो ।

उनको निधनपछि गृह मन्त्रालयमा छलफल भइरहेको बुझिएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको बताए पनि अस्पताल प्रशासनले औपचारिक जानकारी दिइसकेको छैन ।

वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालले नेपालीको अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्त्वपूर्ण भागमा गम्भीर क्षति पुगेको जानकारी दिएका थिए । अस्पताल ल्याइएलगत्तै उनको श्वासप्रश्वासमा समस्या देखिएकाले आकस्मिक कक्षमै इन्टुबेसन गरी भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

सरकारले उनलाई थप उपचारका लागि भारत लैजाने बताए पनि गम्भीर स्वास्थ्य अवस्थाका कारण उक्त योजना स्थगित गरिएको थिया । नेपालीको उपचारमा वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेष चिकित्सक टोली खटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय