काठमाडौं– धितोपत्र बजारमा कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अंकले घटेर २७१२.५४ कायम भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव १० अंकले घटेर ४७० दशमलव ३१ मा पुगेको छ । फ्लोट सूचक ० दशमलव ७७ अंकले घटेर १८५ दशमलव ८५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने ० दशमलव ५८ अंकले घटेर १५९ दशमलव ४३ कायम भएको छ ।

आज विभिन्न कम्पनीका १ करोड १३ लाख ६२ हजार ४६५ कित्ता धितोपत्र ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ रुपैयाँमा खरिद बिक्री भएको छ । १३ उपसमूहमध्ये दुई उपसमूहको सूचक बढेको र ११ उपसमूहको घटेको नेप्सेले जनाएका छ । आज ७७ कम्पनीको धितोपत्रको मूल्य बढ्दा १९३ कम्पनीको घटेको छ ।

सात कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, भूगोल हाइड्रोपावर साल्पा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । त्यस्तै, गरी एनसिसी डिबेन्चर, नेपाल इन्भेस्टमेन्ट बैंक डिबेन्चर, एनबिबिएल डिबेञ्चरका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय