बागमती– मकवानपुरमा गत आर्थिक वर्ष २०८२–८३ मा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशवराज कौशिकका अनुसार गत आवमा दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदका ८७५ रहेका छन् ।

त्यस्तै अंश दर्ता चलनका ३०४, लागुऔषधका २३९, लेनदेनका १९२, बैंकिङ कसुरका ११९ र लिखत बदरका ११० मुद्दा दर्ता भएका उनले जानकारी दिए । जालसाजीका ९९, चोरीका ७५, सवारी, ज्यान र अंगभंगका ५३ तथा जबर्जस्ती करणीका ४६ वटा मुद्दा दर्ता भएका अदालतले जनाएको छ ।

अदालतले गत आवमा कुल २ हजार ३१५ वटा मुद्दा फर्स्योट गरेको सूचना अधिकारी कौशिकले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय