काठमाडौं– सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्याव (काठमाडौं)लाई नियुक्त गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिएकी हुन् ।

लगानी बोर्डले महिला नेतृत्व पाएको पहिलोपटक हो । यसअघि राधेश पन्त, सुशील ज्ञवाली, महाप्रसाद अधिकारी र सुशील भट्टले यो जिम्मेवारी निर्वाह गरेका थिए ।

सरकारले गत वैशाखमा पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति खारेज हुने गरी अध्यादेश ल्याएपछि बोर्डका तत्कालीन सीईओ सुशील ज्ञवाली पदमुक्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय