काठमाडौं– डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल लगायत अन्य पदाधिकारीहरु सर्वसम्मतिबाट निर्वाचित हुनुभएको छ । चितवनमा मंगलबार सम्पन्न एसोसिएसनको १५औं वार्षिक साधारणसभाले पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

एसोसिएनको उपाध्यक्ष, सांग्रिला डेभलपमेन्ट बैंकका सिइओ सुयोग श्रेष्ठ, सचिवमा महालक्ष्मी विकास बैंकका सिइओ बोधराज देवकोटा र कोषाध्यक्षमा कामना सेवा विकास बैंकका प्रवीण बस्नेत निर्वाचित भएका छन् ।

त्यसैगरी, कार्यसमिति सदस्यहरुमा लुम्बिनी विकास बैंकका नरेशसिंह बोहरा, साइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रकाश पौडेल, ज्योति विकास बैंकका श्रीचन्द्र भट्ट, सप्तकोसी डेभलपमेन्ट बैंकका नविन सुवेदी र ग्रिन डेभलपमेन्ट बैंकका सिइओ उमेशकुमार आचार्य निर्वाचित भएको एसोसिएसनले जनाएको छ ।

नवनियुक्त अध्यक्ष, पदाधिकारी र कार्यसमिति सदस्यले शपथग्रहण गरी कार्यभार पनि सम्हालिसकेको एसोसिएसनले जनाएको छ । जम्मा १५ सदस्य रहेको एसोसिएसनमा १४ सदस्य विकास बैंकका प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा विज्ञप्तिमा उल्लेख छ ।

नवनिर्वाचित अध्यक्ष पोखरेलले आफूलाई अध्यक्ष पदमा निर्वाचित गरेकोमा धन्यवाद ज्ञापन गर्दै सबैको सहयोगबाट विकास बैंकहरुको हकहितका लागि काम गर्ने प्रतिबद्धता जनाएको संघका कार्यालय सचिव हेमजंग कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय