काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य गत शुक्रबारको तुलनामा आइतबार ८ हजार ३०० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबारका लागि प्रतितोला २ लाख ७२ हजार रुपैयाँ मूल्य तोकिएको छ ।

चाँदीको मूल्य प्रतितोला १७५ रुपैयाँ घटेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएकोमा आइतबारका लागि ३ हजार ६५० रुपैयाँ मूल्य तोकिएको छ ।

आइतबार बिहान १०ः३० तिर यो सामग्री तयार गर्दा अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ८७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । गत जनवरीमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ५ हजार ६०८ अमेरिकी डलरसम्ममा कारोबार भएको थियो ।

नेपालमा भने २०८२ माघ १५ गते सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय