काठमाडौं– सन् २०२६ को अक्टोबरमा १ लाख ३२ हजार ८१४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार गत वर्षको अक्टोबरको तुलनामा यसवर्ष ४ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।
बोर्डका अनुसार सबैभन्दा बढी १७ हजार ४३७ अमेरिकी पर्यटकको आगमन भएको हो । अघिल्लो वर्ष यसै महिनामा १३ हजार २८६ अमेरिकी पर्यटक आएका थिए ।
यस वर्ष अक्टोबरमा १२ हजार ९७ भारतीय पर्यटक नेपाल भ्रमणमा आएकामा अघिल्लो वर्षको अक्टोबरमा १७ हजार २९८ थियो । सन् २०२६ को अक्टोबर महिनामा चीनबाट ११ हजार ६९५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । चौथो स्थानमा बेलायती पर्यटकको आगमन भएको छ ।









