काठमाडौं– नेपालको बजारमा शुक्रबार छापावाल सुनको मूल्य तोलामा १२ हजार रुपैयाँभन्दा धेरैले घटेको छ । अन्तर्राष्ट्रिय बजारको परिस्थिति हेर्दा सुनचाँदीको मूल्य अझै घट्ने सम्भावना देखिएको छ ।
अघिल्लो दिन २ लाख ५७ हजार ६०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य शुक्रबार २ लाख ४५ हजार ४०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीवार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य महासंघले प्रतितोला ३ हजार ११० रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्य घटेपछि महासंघले नेपालमा पनि मूल्य घटाएको हो । बिहीवार यो समाचार तयार गरिरहँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा ७ प्रतिशत हाराहारीमा घटेको छ ।
महाशक्ति मानिने अमेरिका, चीन र रुसका राष्ट्रपतिले शान्तिको घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी र कच्चा तेलको मूल्यमा कमी आएको छ । उनीहरुको प्रतिबद्धताले मूर्त रुप लिने सम्भावना बढ्दै गए यी वस्तुको मूल्य अझै तल आउने अनुमान गरिएको छ ।









