काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न जारी गरेको आदेश उल्लंघन गरे कारवाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दैनिक संक्रमण बढिरहेको भन्दै आदेश पालना गर्न आग्रह गरका हुन् । उनले आदेश उल्लंघन गर्नेलाई कारवाही जनाएका हुन् ।

यही वैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस रोकथामा र नियन्त्रणका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको थियो । ‘आदेश उल्लंघन हुने गरी कुनै पनि शैक्षिक संस्था, सार्वजनिक निकाय, निजी निकायले सञ्चालन गर्ने गराउने धार्मिक, सांस्कृतिक कार्य गर्न गराउनेउपर अनुगमन बढाउन र नियमानुसार कारवाही गर्न गराउन सबैमा अपिल छ,’ सहप्रवक्ता अधिकारीले जारी गरेको अपिलमा भनिएको छ ।

आदेश उल्लंघन हुने गरी भएका गतिविधिका कारण संक्रमण हुन गएमा संक्रमितको परीक्षण, उपचार सम्बन्धित संस्था वा व्यक्तिले आफ्नो खर्च गर्नुपर्ने अपिलमा उल्लेख गरिएको छ ।

सहप्रवक्ता डा अधिकारीले सरकारले जारी गरेको आदेशको उल्लंघन गरी सार्वजनिक निकाय तथा निजी संस्थामा संक्रमण फैलिने खालका गतिविधि भइरहँदा अवस्था अझ खराब हुँदै जाने उल्लेख छ । पछिल्लो २४ घन्टामा दुई हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय