काठमाडौं– पछिल्लो २४ घन्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १८ हजार ७८७ पिसिआर र ६०० एन्टिजेन परीक्षण गरिएको जानकारी दिए । नेपालमा संक्रमित संख्या तीन लाख ९४ हजार ६६७ पुगेको छ ।

यो २४ घन्टामा चार हजार २२ जना कोरोना जितेर घर फर्किएका छन् । अहिलेसम्म तीन लाख दुई हजार ७८७ निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ७६.७ प्रतिशत छ ।

यस्तै संक्रमणबाट ८८ को निधन भएको छ । २४ घन्टामा निधन भएका संक्रमितको अहिलेसम्मकै बढी हो । मन्त्रालयका प्रवक्ता डा गौतमले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमी) को तथ्यांकमा नेपाली सेनाले शव व्यवस्थापन गरेको आधारमा आइतबार निधन हुनेको संख्या ८८ पुगेको जानकारी दिए । नेपालमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या अहिलेसम्म तीन हजार ७२० पुगेको छ ।

यस्तै पाँच सय बढी संक्रमण भएका जिल्ला २६ पुगेका छन् । प्रवक्ता डा गौतमका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, महोत्तरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, गोरखा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत,कैलाली, कञ्चनपुर र बैतडी रहेका छन् ।

यसैगरी संक्रमितमध्ये ८३२ सघन उपचार कक्ष (आइसियू) र २६७ जना भेन्टिलेटरमा छन् । प्रदेश नंं १ मा ११३, प्रदेश नं २ मा ६०, वाग्मती प्रदेशमा ४४३, गण्डकी ६१, लुम्बिनी ८६, कर्णाली ३३ र सुदूरपश्चिम ३६ आइसियूमा रहेका छन् । यस्तै प्रदेश नंं १ मा १७, प्रदेश नं २ मा ३७, वाग्मती प्रदेशमा १५७, गण्डकी १३, लुम्बिनी २१, कर्णाली ११ र सुदूरपश्चिम ११ भेन्टिलेटर रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय