काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमितको उपचारका लागि आवश्यक पर्ने रेम्डेसिभिर औषधी तोकिएको व्यक्तिसँग लिन आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै सम्बन्धित अस्पताल र चिकित्सकको प्रेस्क्रिप्सनसहित औषधि लिन जाने व्यक्तिको परिचयपत्र खुल्ने गरी रेम्डेसिभिरको आधिकारिक आयातकर्ता आयन हेल्थ केयरमा सम्पर्क राख्न अनुरोध गरेका छन् ।

मन्त्रालयका सूचनामा कुपण्डोलस्थित युनएनपार्कमा रहेको हेल्थकेयरका डा अबुल अन्सारीको ९८००५५५९१०, सुवासको ९८१०१९४४१६, विमलको ९८४१५०६३७० र कमलको ९८५११२४६३९ मा सम्पर्क गर्न सकिने उल्लेख छ । त्यहाँबाट प्रतिरेम्डेसिभिर चार हजार ९०० रुपैयाँमा पाइने मन्त्रालयले जनाएको छ ।

रेम्डेसिभिरले आइसियूमा रहेका बिरामीको रिकभरीमा मदत गर्ने भन्दै सिकिस्त अवस्थाका कोभिड १९ बिरामीलाई यो औषधी दिने गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय