काठमाडौं– महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहरी क्षेत्रको नजिकै रहेर पनि ओझेलमा परेको भरतपुर महानगरपलिका वडा नम्बर ११, बसेनीस्थित गणेशस्थानका स्थानीयबासीलाई मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ ।

बैंकले कोभिड–१९ को जोखिम न्यूनीकरण गर्ने अभिप्रायले ती सामग्री वितरण गरेको जनाएको छ । उक्त स्वास्थ्य सामग्री बैंकको नारायाणगढ शाखाका प्रमुख विरेन्द्र चौधरीले एक कार्यक्रमबीच वडा नम्बर ११ का वडासदस्य चिन्तामणि लम्साल र गणेशस्थान टोल विकास समितिका अध्यक्ष राजनकुमार श्रेष्ठलाई हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

टोल विकास समितिका अध्यक्ष श्रेष्ठले कोभिडको महामारी नियन्त्रण गर्न बैंकले गणेशस्थानका बासिन्दालाई मास्क, सेनिटाइजर लगायत स्वास्थ्य समग्री वितरण गरी समाजिक उत्तरदायित्व पूरा गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।

बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण ग्राहकलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपिएस, क्युआर कोड लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी कोरोना संक्रमणबाट आफू र अरुलाई पनि सुरक्षित राख्न सुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय