काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको (एचआइडिसिएल) को सेयरमूल्य समायोजन गरेको छ ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शुक्रबार उक्त कम्पनीको सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद सेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयरमूल्य ३४३ रुपैयाँ कायम भएको छ ।

नेप्सेले कम्पनीको अघिल्लो दिनको अन्तिम कारोबार मूल्यका आधारमा मूल्य समायोजन गरेको जनाएको छ । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ५८६ मा अन्तिम कारोबार भएको थियो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद सेयर निष्काशनका लागि गत जेठ ९ गते अनुमति दिएको थियो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय