काठमाडौं– चिनियाँ कम्पनी सिनोफार्मसँग किनेको कोरोना भाइरसविरोधी खोप भेरोसेलको पहिलो खेप काठमाडौं आइपुगेको छ ।

बिहीबार चीन गएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज शुक्रबार बिहान ६ः१६ बजे खोप बोकेर काठमाडौं अवतरण गरेको हो । उक्त जहाजले ८ लाख डोज खोप ल्याएको बताइएको छ ।

उक्त कम्पनीसँग किनेको ४० लाख डोजको बाँकी खेप क्रमशः ल्याउने तयारी छ । अर्को खेप खोप लिन निगमको जहाज असार ३१ र साउन ७ गते बेइजिङ जाने छ ।

यो खोप ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दिने सरकारको योजना छ । उक्त समूहलाई लगाएर बाँकी रहे ५५ देखि ५९ वर्ष उमेर समूहका सर्वसाधारणले पाउने छन् ।

काठमाडौं आइपुगेको खोप अभिलेखमा इन्ट्री गरेर तत्काल प्रदेश पठाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले उक्त खोप अर्को सातादेखि सर्वसाधारणलाई लगाउन सुरु गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय