काठमाडौं– सत्तारूढ दल नेकपा (एमाले) मा उत्पन्न विवाद मिलाउन गठित कार्यदलले १० बुँदे सहमति गरेको छ ।

आइतबार १४ घन्टा फलफल गरी कार्यदलले पार्टी एकताको १० बुँदे सहमति तयार गरेको हो । उक्त सहमति पार्टी सचिव प्रदीप ज्ञवालीले राति ११ बजे पत्रकारलाई पढेर सुनाएका थिए ।

माधव नेपाल र झलनाथ खनाललाई तल्लो स्तरमा ओर्लेर गाली गर्दै आएका ओली र ओलीप्रति विपक्षीभन्दा बढी आक्रामक माधव नेपाल र झलनाथ खनाल कार्यदलको प्रस्तावमा सहमत भए एमाले फुट्ने सम्भावना टर्नेछ ।

माधव नेपाल निकट कार्यदल सदस्य घनश्याम भुसालले आफूहरूले तयार पारेको सहमतिको बुँदाबारे माधव नेपाललाई पनि जानकारी गराएको बताएका छन् ।
कार्यदलमा भएको सहमति ओली र नेपाललाई बुझाउने भुसालले जानकारी दिए ।

सहमतिमा सबै कमिटी नवौं महाधिवेशन २०७५ जेठ २ र ३ को मनोनयन सहितको कमिटी सक्रिय हुने उल्लेख छ । २०७७ फागुन २३ पछिको संगठनात्मक निर्णय खारेज हुने सहमति भएको छ ।

यस्तै सर्वोच्च अदालतको फैसलालाई विधिसम्मत र संस्थागत निर्णय अनुसार गरिने पनि सहमतिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय