काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा नम्बर १ स्थित बेलहिया माध्यमिक विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि एक लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भैरहवा शाखाले उक्त सहयोग उपलब्ध गराएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

बुधबार रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष तथा रोटरी डिस्ट्रिक ३२९२ रिजन २१ का एसिस्टेन्ट गभर्नर राजकुमार गुप्ताको प्रमुख आतिथ्यतामा बेलहिया माध्यमिक विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा बैंकको भैरहवा शाखाका प्रबन्धक गौतम गुप्ताले रोटरी क्लब अफ भैरहवाका अध्यक्ष चक्रमणि आचार्यलाई एक लाख ७५ हजार रकमको चेक हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय