काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले ७.९९ प्रतिशत (प्रिमियम सहित) ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासीय घर निर्माण गर्न तथा अन्य बैंक वित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्न इच्छुक ग्राहकलाई लक्ष्य गरीे यो योजना ल्याएको जनाएको छ ।

यस योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्म अवधिका लागि अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ । यो योजनामा सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैंकिङ तथा क्रेडिट कार्डमा लाग्ने शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवम् सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले आवश्यक कागजात पेस गरेको ३ कार्य दिनभित्र बिनाझन्झट कर्जा प्रवाह गर्ने जनाएको छ ।

बैंकका सबै शाखाबाट यो सुविधा उपभोग गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय