काठमाडौं– एनआइसी एसिया क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् । साउन १ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । उनी एनआइसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत छन् ।

उनीसँग डेलोइट इन्डिया (बिग ४), आइसिआइसिआई बैंक र हाम्रो विकास बंैकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेको अनुभव छ ।

ढकाल प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । उनले एनआइसी एसिया बैंकको हालको रुपन्तरण यात्राको उद्गम बिन्दु मानिएको बिजनेस प्रोसेस रिइन्जिनियरिङ विभाग प्रमुखको भूमिकाबाट उक्त बैंकमा सेवा सुरु गरी बैंकको उच्च व्यवस्थापन तहमा १२ वर्षभन्दा बढी काम गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ढकाल एनआइसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्ष छन् ।

उनको नेतृत्वमा कम्पनीले नयाँ उचाइ दिने विश्वास विज्ञप्तिमार्फत व्यक्त गरिएको छ । छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिँदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको दाबी गरिएको एनआइसी एसिया क्यापिटल लिमिटेडले हाल म्युचल फन्ड, सेयर रजिस्ट्रार, निष्कासन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायत मर्चेन्ट बैंकिङ तथा लगानी बैंकिङसम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिरहेको प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय