नयाँ दिल्ली– भारत सरकारले कोभिड–१९ महामारीको तेस्रो लहरको खतरा रहेको जनाएको छ । भारतको सरकारले नै भारतमा महामारीको तेस्रो लहर आउन सक्ने बताएको हो । सरकारले नागरिकलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो ।

भारत सरकारको स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्ने निकाय नेसनल इन्स्टिच्युट फर ट्रान्सफर्मिङ इन्डियाका सदस्य भिके पाउलले सो चेतावानी दिएका हुन् । उनले अहिलेको अवस्थामा थप सतर्कता अपनाउने र आवश्यक तयारी नगर्ने हो भने भारतमा तेस्रो लहरको खतरा रहेको छ र त्यो लहर आगामी १०० देखि करिब १२५ दिनमा आउन सक्ने बताए ।

उनले भनेका छन्, ‘हाम्रो जनसंख्या धेरै छ र यसका कारण यहाँको अवस्था निकै खतरा पनि हुन सक्छ र हामीले यस विषयमा आवश्यक सतर्कता अपनाउन सकेनौं भने यसले हामीलाई ठूलो क्षति पुर्याउन सक्ने छ । हालै विश्व स्वास्थ्य संगठनले कोभिड १९ को विश्वको अवस्थाको मूल्यांकन गर्दै आगामी दिनमा पनि यो चुनौती रहेको बताएको थियो ।

विश्व स्वास्थ्य संगठनले पनि अहिले विश्वका कतिपय देशमा देखिएको यो महामारी विरुद्धको सतर्कताको अवस्था हेर्दा त्यो पर्याप्त नभएको र आवश्यक मात्रामा आगामी दिनमा थप सतर्कता अपनाउनुपर्ने बताएको थियो ।

यसअघि पनि भारतका अधिकारीहरुले आगामी अगस्टको अन्त्यतिरबाट यो भारतमा कोभिड १९ को तेस्रो लहर आउन सक्ने खतरा रहेको बताउँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय