काठमाडौं– सिभिल बैंक लिमिटेडले ‘सर्वाधिक ब्याजदर’ दिने भन्दै सुपर प्रिमियम बचत खाता र खुत्रुके खाता सञ्चानमा ल्याएको जनाएको छ ।

२५ हजार रुपैयाँ न्यूनतम मौज्दात राख्नुपर्ने सुपर प्रिमियम बचत खातामा बैंकले वार्षिक ६.०१ प्रतिशत ब्याजदर सहित मेटलाइफसँगको सहकार्यमा ६ वटा घातक रोगको दुई लाखसम्मको निःशुल्क औषोधपचार बिमा सुविधा दिने जनाएको छ । त्यसैगरी, निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम कार्ड, एसएमएस बैंकिङ सेवा पनि प्रदान गर्ने बैंकले जनाएको छ ।

त्यसैगरी, खुत्रुके बचत खातामा अन्य बैंकले प्रदान गरिरहेको रिकरिङ डिपोजिटमा जस्तै सर्त तथा बन्देज नराखी बचत गर्न चाहने ग्राहकले दुईदेखि १० वर्षसम्मको अवधि रोजेर मासिक न्यूनतम पाँच सय रुपैयाँदेखि माथि सञ्चय गर्न सक्नेछन् । कुनै महिनामा कारणबस जम्मा गर्न नसके पनि कुनै किसिमको पेनाल्टी नतिरी आफूले निर्धारण गरेको समय सीमापछि साँवा तथा ब्याजको एकमुष्ठ भुक्तानी पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

यस खातामा सुपर प्रिमियम बचत खाताको भन्दा एक प्रतिशत थप ब्याज प्रदान गरिने बताइएको छ । केही गरी अवधिको बीचमा आकस्मिक कारणले रकम आवश्यक भएमा सञ्चित रकमको ७० प्रतिशत बिना झन्झट ऋणको रुपमा निकाल्न सकिनेछ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७१ प्रतिशत ब्याजदर दिइरहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय