काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले संघीय संसद् सचिवालयमा प्रधानमन्त्री देउवाले सदनबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।

सर्वोच्च अदालतको आदेशमा प्रतिनिधिसभा पुनःस्थापनासँगै प्रधानमन्त्रीमा नियुुक्त नेपाली कांग्रेसका सभापति देउवाले संवैधानिक प्रावधानअनुुसार विश्वासको मत लिन लागेका हुन् । उनी गत असार २९ प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय