काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले अघिल्लो सरकारले नियुक्त ९ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

देउवा सरकारले ओली सरकारले गरेको राजनीतिक नियुक्तिका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । ओली सरकारले ११ जनालाई राजदूत गरेकामा दुईजना परराष्ट्र सेवाका कर्मचारी भएकोले उनीहरुको नियुक्ति यथावत छ ।

संसद् विघटनपछि संसदीय सुनुवाइ नगरी नियुक्त गरिएका राजदूतको नियुक्ति देउवा सरकारले खारेज गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार दक्षिण कोरिया पठाइएका कृष्णचन्द्र शर्मा, अस्ट्रेलियाका सुम्नीमा तुलाधर, बहराइनका लागि युवराज कार्की, श्रीलंकाका रमेशचन्द्र पौडेल, म्यानमारका नारायणप्रसाद संग्रौला, ब्राजिलका कुलप्रसाद नेपाल, डेनमार्कका सुमित्रा सुवेदी, साउदी अरेबियाका मेराज मुसलमान र रसियाका राजदूत जंगबहादुर चौहान फिर्ता हुनेछन् ।

परराष्ट्र सेवाबाट अस्ट्रियाका लागि राजदूत नियुक्त निर्मलराज काफ्ले र इजिप्टका जीवनप्रकाश श्रेष्ठ भने राजदूतमा यथावत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय