रियाद– साउदी अरेबियाले कोभिड १९ विरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन अनुमति दिएको छ । कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको हो ।

यसअघि साउदी अरेबियाले विभिन्न देशबाट आउन रोक लगाएको थियो । साउदीमा पनि पछिल्लो समय कोभिडको नयाँ भेरिएन्ट भेटिएकोले धेरै मानिस संक्रमित हुन पुगेका छन् । त्यसैले कैयौं देशबाट आउनेलाई रोक लगाएको साउदीले अहिले कोभिडको दुवै खोप लगाएका व्यक्ति आउन पाउने गरी खुला गरेको हो ।

यहाँका आन्तरिक मामिला मन्त्रालयले सोमबार सो निर्णय गरेको हो । मन्त्रालयले कोभिडविरुद्ध सतर्कताको एक अभियानका रुपमा यो नियम बनाएको साउदी प्रेस एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार यात्रा प्रतिबन्ध फुकुवाको निर्णय अगष्ट ९ बाट कार्यान्वयनमा आउने छ ।

यसअघि यहाँ नयाँ भेरिएन्टका संक्रमित ठूलो संख्यामा देखिएकामा पछिल्ला केही दिनमा संक्रमण दर घटेपछि यो निर्णय गरिएको हो । साउदी अरेबियाले गत मे १७ मा यात्रा प्रतिबन्ध लगाएको थियो । त्यसयता यहाँ कैयौं विदेशी उडान रोकिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय