काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच एक एमओयू सम्पन्न भएको छ । नेपाल लाइफको कर्पोरेट कार्यालयमा शुक्रबार आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको हो ।

एमओयू अनुसार ग्लोबल कलेजका विद्यार्थीका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर प्रदान हुनेछ । जीवन बिमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने सम्झौतामा उल्लेख छ । बिमा सचेतना अभियानमा ग्लोबल कलेजको साथ सहयोग रहने समेत सम्झौतामा समेटिएको छ ।

नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र ग्लोबल कलेजका तर्फबाट प्रिन्सिपल डा. देवराज पनेरुले सम्झौतापत्रमा हस्ताक्षर गरेको नेपाल लाइफको विज्ञप्तिमा उल्लेख छ । उक्त कार्यक्रममा नेपाल लाइफका मानव संसाधन प्रमुख बन्दना शर्मा तथा ग्लोबल कलेजका प्रोगाम कोअर्डिनेटर विराज घिमिरेको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय