काठमाडौं– एनआइसी एसिया बैंकले सर्वसाधारणलाई घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका ल्याएको अनलाइन अकाउन्ट ओपनिङ च्यालेन्ज प्रतियोगिताअन्तर्गत सबैभन्दा कम समयमा अनलाइन खाता खोलेर सर्लाहीकी सुदीक्षा थापाले आइफोन–१२ जितेको बैंकले जनाएको छ ।

बैंकले गत जेठ २३ देखि असार १९ सम्म सञ्चालन भएको उक्त प्रतियोगितामा १५८ जना योग्य सहभागीमध्ये सबैभन्दा कम १ मिनेट १० सेकेन्ड अर्थात ७० सेकेन्डमै खाता खोलेर थापाले आइफोन–१२ जितेकी हुन् ।

प्रतियोगिता अवधिभर कम समयमा अनलाइन खाता खोल्ने शीर्ष–१० सहभागीले स्मार्टवाच जितेका छन् । स्मार्टवाच जित्नेमा रुपन्देहीकी मैना कँडेल, झापाका सौरभ दाहाल, काठमाडौंका दिनेश महर्जन, ललितपुरका युवराज तिवारी, बनेपाका राजु लामा, कीर्तिपुरकी सीता श्रेष्ठ, डडेलधुराका सम्राट बम, दाङका कुल गिरी, गुल्मीका रविन श्रेष्ठ र पर्साका सरोज कार्की रहेको बैंकले जनाएको छ ।

साथै, प्रतियोगिता अवधिभर साप्ताहिक रुपमा सबैभन्दा कम समयमा सफलपूर्वक अनलाइन खाता खोल्दै पहिलो साता काठमाडौंकी अस्मिता खतिवडा तथा कञ्चनपुरका सुरज चन्द, दोस्रो साता काठमाडौंकी कुसुम तिवारी तथा धरानकी दिपशिका योगी, तेस्रो साता वीरगन्जकी प्रमिला चौधरी तथा महेन्द्रनगरकी प्रतीक्षा चन्द र चौथो साता सलाहीकी सुदीक्षा थापा (आईफोन–१२ विजेता समेत) तथा अर्घाखाँचीका मोहम्मद अलीले स्मार्टवाच जितेका थिए ।

बैंकले सञ्चालनमा ल्याएको सहज अनलाइन खाता प्रक्रियाबाट यस प्रतियोगिता अवधिभरमा कुल ९ हजारभन्दा बढीले खाता खोलेकोमा १५८ जना मात्रै प्रतियोगितामा सहभागी भएका थिए ।

तीमध्ये विजेता बनेका १८ जनाले न्यूनतम १ मिनेट १० सेकेन्डदेखि अधिकतम ३ मिनेट ९ सेकेन्ड लगाएर अनलाईन खाता खोलेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय