काठमाडौं– ह्याकरहरुले नेपाल क्लियरिङ हाउस (एनसिएचएल)मा आवद्ध बैंकको सिस्टम ह्याक गर्ने चेतावनी दिएपछि मुलुकको सिंगो बैंकिङ क्षेत्र भयभीत बनेको छ ।

ह्याकरले २२ जुलाईसम्ममा एनसिएचएलमा आवद्ध सबैं बैंकको सिस्टम ह्याक गर्ने बेहोरोको इमेल १५ वटा बैंकलाई पठाएको छ ।

इमेल आएको जानकारी हुनेबित्तिकै बैंकहरुको सूचना प्रविधि विभाग सचेत बनेको छ । यसैबीच, ह्याकर बिहीबार बिहान नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई फोनै गरेर सिस्टम ह्याक गर्ने चेतावनी दिएको ढकालले बताए ।

ह्याकरको इमेलसँगै बैंकहरु तनावमा परेका छन् । यस विषयमा सरोकारवालासँग सघन छलफल भइरहेको एक बैंकरले जानकारी दिए ।
केहीले उक्त इमेललाई फेक ठानेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय