नयाँ दिल्ली– भारतमा कोरोना भाइरस संक्रमितको संख्यामा फेरि बढेको छ । सरकारी अधिकारीले दिएको विवरण अनुसार पछिल्लो २४ घन्टामा भारतमा ४१ हजार ३८३ जना कोरोना संक्रमित थपिएका छन् । अघिल्ला केही दिनको तुलनामा यो संख्या धेरै भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सक्रिय संक्रमितको संख्या समेत बढ्दै गइरहेको छ । पछिल्लो एक दिनमा भारतमा ३८ हजार ६५२ जना कोरोनामुक्त भएको अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा संक्रमणमुक्त हुनेको कुल संख्या तीन करोड चार लाख २९ हजार ३३९ पुगेको छ ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या चार लाख नौ हजार ३९४ रहेको अधिकारीहरुले जनाएका छन् । यो संख्या कुल संक्रमितको १.३१ प्रतिशत मात्रै हो । कोरोना भाइरसका ज्यान गुमाउनेको संख्या भारतमा चार लाख १८ हजार ९८७ पुगेको छ । पछिल्लो २४ घन्टामा ५०७ जनाको निधन भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म ४५ करोड नौ लाख ११ हजार ७१२ स्वाब परीक्षण गरिएको छ । पछिल्लो २४ घन्टामा १७ लाख १८ हजार ४३९ जनाको परीक्षण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय