काठमाडौं– अब एनआइसी एसिया बैंकको मोबाइल बैंकिङ एपबाट पनि सार्वजनिक निष्कासनमा आएका सेयरमा आवेदन दिन सकिने भएको छ । हालसम्म मेरो सेयर एपबाट मात्र सार्वजनिक निष्कासनमा आएका सेयरमा आवेदन दिन मिल्छ ।

बैंकले ग्राहकलाई सेयरमा आवेदन दिन सजिलो होस् भनेर नेपालको बैंकिङ क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङमार्फत विभिन्न कम्पनीले जारी गर्ने आइपिओमा आवेदन दिन सकिने सेवा सुरु गरेकाजनाएको छ ।

उक्त बैंकमार्फत डिम्याट खाता खोलेका एवं यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ सेवा दिएका ग्राहकले सेयर र डिबेन्चरमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सक्ने बैंकको विज्ञप्तिमा उल्लृख छ ।

उक्त बैंकको एनआइसी एसिया मोबैंक प्रयोगकर्ताले एपभित्र रहेको अप्लाई सेयर आइकनमा ट्याप गरेर आवेदन दिन सकिने विज्ञप्तिमा उल्लेख छ । अप्लाई सेयर आइकनमा ट्याप गरेपछि त्यसभित्र आइपिओ खुलेका कम्पनीमध्ये आफुले चाहेको कम्पनी छानेर आवेदन दिनुपर्नेछ । त्यसपछि आफूले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको सर्त तथा नियम पालना गरेर अप्लाई गरेपछि आवेदन पूरा हुनेछ ।

ग्राहकले आफ्नो स्मार्टफोन प्रयोग गरी आइपिओ आवेदन दिन सक्ने हुँदा यस सुविधाबाट भौतिक रुपमा बैंकमा उपस्थित भई फारम भरेर आइपिओ आवेदन दिनुपर्ने झन्झबाट मुक्ति मिल्ने बैंकले जनाएको छ ।

बैंकले आफ्नो वेबसाइट एनआइसीएसियाबैंक डट कम रहेको अप्लाई नाउ आइकनमा ट्याप गरेर समेत आइपिओ आवेदन दिन सकिने व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय