काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले मोफसलका ग्राहकलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले सिद्धार्थनगर सिटी हस्पिटलसँग सम्झौता गरेको छ ।

बैंकको भैरहवा शाखाको अगुवाइमा भएको सम्झौता अनुसार बैंकका ग्राहकले सिद्धार्थनगर सिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन् ।

सम्झौता अनुसार बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ओपिडी टिकट, ल्याब सेवा, एक्स–रे तथा भिडियो एक्स–रे सेवा र इसिजी तथा इको सेवामा अधिकतम १० प्रतिशत छुट पाउनेछन् । साथै बेड चार्जमा ५ प्रतिशत छुट हुने विज्ञप्तिमा उल्लेख छ ।

सम्झौतापत्रमा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका छन् ।

देशका १०३ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङमार्फत कारोबार गरी आफू सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न हार्दिक अपिल पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय