काठमाडौं– म्याद सकिएका कस्मेटिक तथा सवारी साधन सफा गर्ने वस्तुमा नयाँ मिति राखेर बजारमा बिक्री गर्ने दुईजना प्रक्राउ परेका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल प्रहरीको सहयोगमा अविनाश अग्रवाल र महावीर गुजार (भारतीय नागरिक) लाई प्रक्राउ गरेको हो । दुईजनाले म्याद सकिएका वस्तुमा नयाँ मिति राखेर बिक्री गर्दै आएको सुराकीका आधारमा विभागले प्रहरीको समन्वयमा आइतबार काठमाडौं जिल्ला नागार्जुन नगरपालिका–१५ सानो भरङस्थित रहेको समिट कमर्सियल प्रालिमा छापा मारेको थियो ।

कम्पनीले उत्पादन गर्ने म्याद समाप्त भएका कस्मेटिक तथा सवारी साधन सफा गर्न प्रयोग हुने वस्तुहरूमा नयाँ लेबल लगाई विक्री वितरण गरेको भेटिएपछि गोदाममा सिलबन्दी गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।

गोदाममा छापा मारेर सञ्चालकलाई नियन्त्रणमा लिएपछि थप अनुसन्धान सुरु भएको छ । ‘हामीले थाहा पाएसम्म भारतलगायतका देशबाट उक्त वस्तुको आयात गरी खुद्रा तथा होलसेललाई बिक्री गर्ने गरेका रहेछन् । उनीहरुले कस्मेटिकका मात्र सयौं प्रकार रहेको भनेका छन् । थप वस्तु तथा तिनका प्रकारको विषयमा अनुसन्धान सुरु भइसकेको छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय