काठमाडौं– महिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७–०७८ मा प्रतिसेयर आम्दानी झण्डै ९३ रुपैयाँ पुर्याएको छ । संस्थाको गत आर्थिक वर्षको अन्तिम त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार सो आर्थिक वर्षको प्रतिसेयर आम्दानी ९२ रुपैयाँ ९८ पैसा छ ।

चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको संस्थाको गत आर्थिक वर्षको खुद मुनाफा नौ करोड २९ लाख रुपैयाँभन्दा माथि पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै १६८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७६–७७ मा यस संस्थाको खुद मुनाफा ३ करोड ४७ लाख रुपैयाँ मात्र थियो ।

संस्थाको सञ्चालन मुनाफा चुक्ता पुँजीभन्दा बढी छ । गत वर्ष यसको सञ्चालन मुनाफा १० करोड ६० लाखभन्दा माथि छ ।

उच्च मुनाफाकै कारण संस्थाको धितोपत्रको दोस्रो बजारमा यस संस्थाको सेयर उच्च मूल्यमा किनबेच भइरहेको छ । प्रतिसेयर खुद किताबी मूल्य ३२० रुपैयाँ ९० रुपैयाँ रहेको सेयरको मूल्य मंगलबार दोस्रो बजार बन्द हुँदा ५३०० रुपैयाँ छ ।

गत असार मसान्तसम्ममा यसको यसको लगानी अघिल्लो वर्षको तुलनामा ९३ प्रतिशतले बढेर तीन अर्ब ३४ करोड ३८ लाख नाघेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय