काठमाडौं– छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको खुद नाफा १ अर्ब २१ करोड ५६ लाख नाघेको छ । यो अघिल्लो वर्षको तुलनामा ८७.२४ प्रतिशतले बढी हो । ५७ करोड १३ लाखभन्दा बढी खराब कर्जा असुलीले कम्पनीको मुनाफा उच्च दरले बढाउन योगदान गरेको छ । अघिल्लो आर्थिक वर्षमा छिमेकले ६४ करोड ९२ लाख ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत वर्ष यो लघुवित्तले २ अर्ब ६ करोड ५१ लख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाद्वारा प्रकाशित आर्थिक वर्ष २०७७–०७८ अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो वर्ष संस्थाको खुद ब्याज आम्दानी १ अर्ब ७५ करोड ३८ लाख रुपैयाँ थियो ।

गत आर्थिक वर्षमा संस्थाको सञ्चालन मुनाफा ५१.८३ प्रतिशत बढेर १ अर्ब ३२ करोड २० लाख पुगेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ८७ करोड ७ लाख ११ हजार रुपैयाँ थियो ।

गत वर्ष संस्थाको चुक्ता पुँजी २२ प्रतिशत बढेर १ अर्ब ८३ करोड रुपैयाँ, जगेडा कोष ८४.२२ प्रतिशत बढेर ३ अर्ब १२ करोड १५ लाख ३८ हजार रुपैयाँ, सापटी ५२.४२ प्रतिशत बढेर ६ अर्ब २१ करोड ३ लाख ८ हजार रुपैयाँ, निक्षेप २०.२२ प्रतिशत बढेर २२ अर्ब ४३ करोड ९३ लाख ७६ हजार रुपैयाँ र कर्जा २९.६१ प्रतिशत बढेर २५ अर्ब १० करोड ९८ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी २३ रुपैयाँ १५ पैसाले बढेर ६६ रुपैयाँ ४३ पैसा पुगेको छ । अघिल्लो वर्ष संस्थाको प्रतिशेयर आम्दानी ४३ रुपैयाँ २८ पैसा थियो । लघुवित्तको मूल्य आम्दानी अनुपात २६.१६ गुणा छ भने प्रतिसेयर नेटवर्थ २३१ रुपैयाँ ८५ पैसा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय