काठमाडौं– शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ५०० ले र चाँदी तोलामा २० रुपैयाँले घटेको हो ।
शुक्रबारको लागि छापावाला सुन प्रतितोला ९१ हजार ५०० र तेजाबी सुन प्रतितोला ९१ हजार मा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ५०० र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको थियो ।
महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार २६५ मा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २८५ मा कारोबार भएको थियो।









