काठमाडौं– शारडा ग्रुप अन्तर्गतको कम्पनी नेपालका लागि विश्वचर्चित अटोमोबाइल ब्रान्ड चेरीको वितरक नियुक्त भएको छ । कम्पनीले निकट भविष्यमै नेपालमा उक्त ब्रानडका गाडी भित्र्याउने जनाएकोछ ।

एसपिजी अटोमोबाइल्स यस क्षेत्रको अनुभवी कम्पनी हो । हाल चेरी ब्रान्डको वार्षिक नौ लाख कार इन्जिन र चार लाख ट्रान्समिसन उत्पादन क्षमता छ । चेरीले पेसेन्जर, कमर्सियल सवारी साधनको अतिरिक्त मिनी भ्यान पनि उत्पादन गर्छ ।

चेरी ब्रान्डका एसेम्बल र पार्टपुर्जा उत्पादन गर्ने प्लान्ट चीन लगायत विश्वका १५ देशमा छन् । हाल विश्व बजारमा चेरी ब्रान्डका २० भन्दा बढी मोडल बिक्री भइरहेका छन् । कम्पनीले सुरक्षा, ऊर्जा बचत र वातावरण अनुकूलतालाई ध्यानमा राखी भविष्यमा दर्जनभन्दा बढी मोडल सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय