काठमाडौं– गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष ०७५/७६ को नाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीको आइतबार सम्पन्न सञ्चालक समिति बैठकले ५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले चुक्ता पुँजीको ५.५० बोनस सेयर र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश बिमा समितिले स्वीकृत दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।










