काठमाडौं– मैलुङ खोला जलविद्युतको आइपिओ भोलि (मंगलबार) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार प्रिअलटमेन्ट सकेर कम्पनीको सेयर मंगलबार बाँडफाँड गर्न लागेको जनाएको छ ।

क्यापिटलका अनुसार कम्पनीको आइपिओमा २१ लाख १८ हजार ९२५ आवेदकबाट दुई करोड ८५ लाख ४१ हजार ८४० कित्ता सेयरका लागि आवेदन परेको छ ।

कम्पनीको आइपिओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथबाट न्युनतम १० कित्ताको दरले सेयर वितरण हुनेछ ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये २ प्रतिशत कर्मचारीलाई र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी ६ लाख ६८ हजार ७४६ कित्ताका लागि सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय