काठमाडौं– सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा २४ लाखभन्दा बढीले आवेदन दिएका छन् ।

साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा आइतबार साँझसम्म २४ लाख १९ हजार १२७ जनाले आवेदन दिएका हुन् ।

तीन अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको तीन करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । क्यापिटलकानुसार मागको तुलनामा ६.८४ गुणा बढीको आवेदन परेको हो ।

कम्पनीले निष्कासन गरेको सेयरमध्ये तीन/तीन लाख कित्ता कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याइएको हो भने बाँकीे ५४ लाख कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

मागभन्दा बढीको आवेदन परेकाले कम्पनीको आइपिओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय